संसद् बैठकमा मुलुकको समसामयिक अवस्थाबारे सदन र सरकारको ध्यानाकर्षण

व्यवस्थापिका-संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले मुलुकको समसामयिक अवस्थाबारे सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेसका धनराज गुरुङले भ्यागुते रोगका औषधि सर्वसुलभ तुल्याउनुपर्ने मागगर्दै स्वास्थ्य क्षेत्रमा बढ्दो कमिसनखोरी र माफियातन्त्रले सर्वसाधारणलाई आहत पारेकोमा सरकारको ध्यानाकर्षण गराए ।
नेकपा (एमाले)का भरतमोहन अधिकारीले नेपाल-भारत सम्बन्धका विविध आयामबारे चर्चागर्दै हुलाकी राजमार्ग र पञ्चेश्वर जलविद्युत् आयोजना निर्धारित समयमा पूरा गर्ने प्रतिबद्धताका साथ दुवै मुलुकले काम गर्नेतर्फ प्रधानमन्त्रीले आवश्यक प्रयास गर्नुपर्ने बताए ।
नेकपा (माओवादी) केन्द्रकी कमला दोङले काभ्रेपलाञ्चोकका भूकम्पपीडितले पुनर्निर्माण प्राधिकरणबाट आवश्यक सहयोग नपाएकोमा गुनासो गरे ।
राप्रपा नेपालका बबिना मोक्तानले सीमा निर्धारण आयोगले सोचेअनुसार काम गर्न नसकेको र स्थानीय निकायको पुनः संरचनाबारे जनताले जानकारी नपाएको बताइन् ।
संघीय समाजवादी फोरमका शिवजी यादवले बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न सदनमा विशेष सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएर छलफल भए पनि त्यस दिशामा सरकारीस्तरमा गम्भीर प्रयास नभएको आरोप लगाए ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)की गीता क्षेत्रीले संविधान कार्यान्वयनका निम्ति कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले आवश्यक कानुन तत्काल निर्माण गर्न सदनले निर्देशन दिनुपर्नेमा जोड दिइन् ।
नेपाली कांग्रेसकी राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट)ले आन्तरिक र बाह्य पर्यटकबाटै मुलुकको अर्थतन्त्रमा योगदान पुग्ने भएकाले पर्यटक सवारी साधनमा आन्तरिक र बाह्य पर्यटक दुवैले यात्रा गर्न पाउनुपर्ने बताइन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल रायले शान्तिसुरक्षा कायम गर्न र आपराधिक गतिविधि नियन्त्रणमा सुरक्षा निकाय गम्भीर रुपमा कार्यक्षेत्रमा जुट्नुपर्ने माग गरे।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले निजामति सेवाका कर्मचारीको उत्पादकत्व बढाउन र बजार नियन्त्रणमा सरकारले ठोस कदम चाल्नुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चाकी मीना पुनले नेपाल