व्यवस्थापिका-संसद्को आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रियता, सार्वभौमिकताको रक्षा गर्दै संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लाग्न जोड दिएका छन्।
नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले यतिबेला राष्ट्रियता र सार्वभौमिकतालाई जोगाउनु चुनौतीपूर्ण भएको भन्दै संविधानको कार्यान्वयनको दायित्वमा एकताबद्ध भएर लाग्न आग्रह गरिन्।
शाक्यले मुलुकमा भ्रष्टाचार र अराजकता बढेको, महिला हिंसा, बाल यौन दुराचारका घटना भइरहेको स्थितिमा समस्याको गम्भीरताप्रति सरकार र दलहरु गम्भीर हुन नसकेको गुनासो गरिन्।
एमालेले दिएको ध्यानाकर्षण स्मरण गराउँदै उनले प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हित विपरीत कुनै काम नहुने विश्वास व्यक्त गरिन्।
नेपाली काँग्रेसका भरतकुमार साहले मधेसमा सञ्चालित इ