प्रधानमन्त्री पुष्पकमल दाहाललाई आसन्न भारत भ्रमणका क्रममा विवादास्पद किसिमका कुनै पनि सन्धि सम्झौता नगर्न पूर्वप्रधानमन्त्रीले सल्लाह दिएका छन् । दाहालले मंगलबार बोलाएको बैठकमा सहभागी हुँदै उनीहरुले यस्तो सुझाव दिएका हुन् । कान्तिपुरमा समाचार छ ।
भेटमा दाहालले भ्रमणका क्रममा कुनै नयाँ सम्झौता गर्ने सोच नभएको बताए । दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालका अनुसार दाहालले विगतमा भएका सम्झौता र सन्धिको कार्यान्वयनमा आफ्नो जोड हुने पूर्व प्रधानमन्त्रीहरुलाई बताए ।
बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई सहभागी थिए । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता झलनाथ खनाल भने भेटमा सहभागी भएनन् । मन्त्रिपरिषद् पूर्वअध्यक्ष खिलराज रेग्मीलाई पनि पूर्व कार्यकारी प्रमुखकै हैसियतमा निम्ता गरिए पनि उनी अमेरिका भएकाले नआएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनालले बताए । एमालेले आइतबारै भेटेर प्रधानमन्त्रीलाई सुझाव दिइसकेको भन्दै अध्यक्ष केपी ओली गएनन् । आफू मकवानपुर जानुपर्ने भन्दै उनी बालुवाटार नआउने खबर पठाएको प्रधानमन्त्री कार्यालयले बतायो । ओली भने त्यस समय पार्टी सचिव प्रदीप ज्ञवालीको जन्मदिवसमा सरिक थिए । कान्तिपुरमा समाचार छ ।
बाबुरामको लिखित सुझाव
नया शक्ति संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई दस बुँदे सुझाव पेश गरेका छन् । भट्टराईको सुझावपत्रमा १९५० को सन्धिलगायत सम्झौता पुनरावलोकन गर्न गठित प्रबुद्ध समूहलाई थप क्रियाशील र प्रभावकारी बनाउनुपर्ने, परम्परागत सुरक्षा अवधारणालाई विकसित र परिमार्जित गर्नुपर्ने, तेस्रो मुलुकको नागरिकको सुपूर्दगीबारे थप गृहकार्य गर्नुपर्नेजस्ता माग छन् । नेपाल-भारत सीमाना स्ट्रिप नक्सा ९८ प्रतिशत तयार भई भारतले सुस्ता र कालापानी थाती राखी हस्ताक्षर गर्न प्रस्ताव गर्दै आएकोमा सीमानाका धेरै ठाउँमा दुवै पक्षले दशगजा मिची बसेको वा नदीले सीमाधार परिवर्तन गरेको कारण हजारौं हेक्टर जमीन र बस्ती यताउता भई विवाद हुने हुँदा छिटो पूरै नक्सा सकेर सम्झौता गर्नु उपयुक्त हुन्छ, भट्टराईको पत्रमा उल्लेख छ, त्यसरी नै नेपाल, भारत र चीनको त्रिदेशीय सीमाना रहेको लिपुलेकमा हालै भारत र चीनले मात्र आवागमन खुला गर्न गरेको सहमतिमा नेपालको पनि दावी जाहेर गर्नुपर्दछ ।
भट्टराईले भारतसँग वर्षेनी बढ्दै गएको व्यापार घाटा घटाउनुपर्ने, आफू प्रधानमन्त्री छदा गरेको