प्रधानमन्त्री दाहालद्वारा आफ्नो भारत भ्रमण विशुद्ध सद्भावना भ्रमणमा केन्द्रित हुने दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण विशुद्ध सद्भावना भ्रमणमा केन्द्रित हुने दाबी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार टेलिभिजन सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले विहीबारदेखि हुने भारत भ्रमणमा नयाँ सम्झौता गर्नेभन्दा पनि पुराना सहमति र सम्झौता कार्यान्वयनका लागि आफ्नो जोड रहने पनि बताए ।
नेपाल-भारतबीच चिसिएको सम्बन्ध सुधार्दै विश्वासको वातावरण बनाउनु भ्रमणको मुख्य उद्देश्य रहने भन्दै उनले संविधान कार्यान्वयनलगायतका विषय नेपालीका आफ्नै सरोकारको विषय भएकाले भारत भ्रमणसँग नजोड्न आग्रह पनि गरे ।
प्रधानमन्त्री दाहाल विहीबारदेखि चारदिने भ्रमणमा भारत जान लागेका हुन् । इमेजखबरमा समाचार छ ।