सरकारले सात उच्च अदालतको मुकाम तोक्यो

सरकारले सात प्रदेशमा उच्च अदालतको मुकाम तोकेको छ । 
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर १ को बिराटनगरमा, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र सात नम्बर प्रदेशको उच्च अदालत दिपायलमा रहने निर्णय गरेको हो।
यस्तै प्रदेशहरुमा एक्टेन्सन अदालतको मुकाम पनि तोकेको छ।
जसअनुसार प्रदेश नम्बर एकमा इलाम, धनकुटा र ओखलढुंगा दुईमा राजविराज र वीरगन्ज। प्रदेश नम्बर तीनमा हेटौडा चार बागलुङ, पाँचमा बुटबल र नेपालगन्ज, ६ मा जुम्ला र सातमा महेन्द्रनगर तोकेको छ। सेतोपाटीमा समाचार छ ।