सप्तकोसी नदीमा डुंगा पल्टियो, बेपत्ताको खोजी जारी

सुनसरीको सप्तकोसी नदीमा शनिबार डुंगा पल्टिएको छ । डुंगामा सवार ३७ जनाको सकुशल उद्धार गरिएको छ ।
श्रीलंका टापुबाट प्रकाशपुर-५ राजावासा आउँदै गरेको डुंगा पल्टिएको हो । डुंगामा करिब ४५ जना सवार रहेको अनुमान गरिएको छ । अरुको खोजी र उद्धार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशपुरमा हाटबजार लाग्ने भएकाले उक्त डुंगामा क्षमताभन्दा बढी यात्री चढेको स्थानीयले बताएका छन् । श्रीलंका टापुबाट हाट भर्न आएका यात्री चढेको डुंगा राजावासा आइपुगेपछि भंगालोमा फसेको थियो ।
यात्रीको संख्या धेरै भएकाले डुंगा असन्तुलित भइ पल्टिएको हुनसक्ने प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएका छन् । इमेजखबरमा समाचार छ ।