प्रधानमन्त्री दाहालले भारत भ्रमणबाट नेपाली राष्ट्रियतामाथि कलङ्कको टीका लगाएको एमाले केपी ओलीको आरोप

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणबाट नेपाली राष्ट्रियतामाथि कलङ्कको टीका लगाएको आरोप लगाएका छन् ।
नेकपा एमाले प्रदेश नम्बर ४ को बृहत कार्यकर्ता भेला तथा बैठकको पोखरामा आइतबार उद्घाटन गर्दै ओलीले भारत भ्रमणका क्रममा गरिएका २५ बुँदे सम्झौता राष्ट्रहित विपरीत भएको जिकिर गरे ।
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जारी गरिएको संयुक्त विज्ञप्तीमै संविधान विरोधी कुरा समावेश गरिएको भन्दै उनले त्यस्तो हर्कतमा प्रधानमन्त्री दाहालले ल्याप्चे लगाएकोमा असन्तुष्टि पोखे ।
कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले भारतले जे भन्यो त्यही मान्छु भनेर प्रधानमन्त्री दाहाल फर्किएको बताए । उनले संविधान संशोनसमेत भारतकै ईशाराअनुसार गर्ने प्रधानमन्त्रीले वचन दिएको आरोप लगाए । इमेजखबरमा समाचार छ ।