बाग्लुङमा गएको पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु

बाग्लुङमा गएको पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ ।
बुंगादोभान गाविस-२ रिङ्लाङमा आइतबार राति गएको पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको हो ।
घरमाथिबाट खसेको पहिरोले गंगाधर रोकाको घर पुरिँदा उनकी श्रीमती भीमकुमारी, छोरी इन्द्रकुमारी र मायादेवी तथा छोरा इन्द्रजीतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठूलो ढुंगासहित खसेको पहिरोले रोकाको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । घटना भएका बेला गंगाधर भने घरबाहिर थिए ।
बुंगादोभान प्रहरीचौकी र इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीको टोलीले पुरिएको घरबाट सोमबार चारैजनाको शव निकालेको हो ।
करिब दुईसय मिटर माथिबाट खसेको पहिरोमा परी गंगाधरको कुखुरा फार्मसमेत नस्ट भएको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।