उद्योग मन्त्रालयले नेपाल औषधि लिमिटेडले तीन महिनाभित्र उत्पादन सुरु गर्ने जनाएको छ ।
६ वर्षदेखि बन्द रहेको औषधि उद्योग पुनः सन्चालन गर्ने मन्त्रालयको प्रस्ताव आइतबारको मन्त्रिपरिषद बैठकले पारित गरेको थियो ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्योगले सुरुमा ८ प्रकारका औषधि उत्पादन गर्ने बताए ।
अन्तर्राष्ट्रिय मापदन्डअनुसार सन्चालन गर्न सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋण लगानी गर्ने मन्त्री जोशीले बताए ।
अरु बन्द भएका सरकारी उद्योग पनि पुनः सन्चालन गर्न सम्भाव्यत्ता अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ ।
२०६० साल सम्म १ सय २० प्रकारका औषधिहरु उत्पादन गर्दै आएको उद्योग २०६७ सालदेखि पूर्णरुपमा बन्द छ ।
हाल उद्योगमा ९७ जना कर्मचारीहरु कार्यरत् रहेकोमा उनीहरुलाई स्वेच्छिक अवकास दिइ कम गर्ने र आवश्यकपर्ने १९ जना विषय विज्ञ थप गरेर जनशक्ति व्यवस्थापन गर्ने मन्त्रालयले जनाइएको छ । इमेजखबरमा समाचार छ ।