राजधानीका विभिन्न ९ वटा स्कुलमा बम राख्ने अभियुक्तलाई प्रहरीले मंगलबार साँझ सार्वजनिक गरेको छ।
उपत्यकाका विभिन्न स्कुलमा बम विष्फोट गराएको आरोपमा रामेछाप घर भएका शंकर लाखे र सिन्धुलीका चन्द्रबहादुर तामाङलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।
उनीहरु यसअघि पनि पक्राउ परेर साधारण तारिखमा छुटेका थिए।
माओवादी शान्ति प्रक्रियामा आएपछि हतियारसहित भागेका लडाकूहरुले पार्टी बनाएको र पछिल्लो समय आपराधिक क्रियाकलापमा सक्रिय रहेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ। आज बिहान बौद्धको अकाशदीप स्कुल र मनकामना उच्च मावि नजिक राखिएका बम विस्फोट भएका थिए।
अन्य झण्डै आधा दर्जन विद्यालयहरुमा पनि बम भेटिएका थिए। ती बम नेपाली सेनाको टोलीले निष्कृय पारेको थियो। सेतोपाटीमा समाचार छ ।