यती एयरलाइन्सको विमान भैरहवामा अवतरणको क्रममा दुर्घटना

शनिबार यती एयरलाइन्सको विमान भैरहवामा अवतरणको क्रममा दुर्घटना भएको छ ।  २९ जना लिएर काठमाडौंबाट भैरहवा उडेको उक्त विमान भैरहवा विमानस्थलमा अवतरण गरेपछि रनवेबाट २५० मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।


यति एयरलाइन्सको उडान नम्बर ८९३ नम्बरको विमान अपरान्ह ४ बजेर ५४ मिनेटमा धावनमार्गबाट करिव डेढ सय मिटर बाहिर पश्चिमतर्फ स्किड भएर झाडीसहितको खाल्डोमा परेको थियो, गौतमबुद्ध विमानस्थलको एयर ट्राफिक कन्ट्रोल शाखाका एक अधिकारीले भने ।
उक्त अधिकारीका अनुसार चालकदलका सदस्यसिहत ३२ जना सवार उक्त विमान स्किड भएपछि गुड्न नसक्ने अवस्थामा पुगेको छ । सबै यात्रु सकुसल छन् र अा आफ्नो गन्तब्यतर्फ लागेका छन् । 

विमान के कारणले ओभरसुट भयो  भन्ने बारेमा खुल्न सकेको छैन । विमानको तिनवटै पांग्रा पड्केकाे छ ।

भैरहवास्थित जिल्ला प्ररही कार्यालयका डिएसपी विरबहादुर पाण्डेका अनुसार विमान ४ बजेर ५५ मिनेटमा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो । उनको अनुसार उक्त विमानमा २९ जना यात्रु सवार थिए ।कान्तिपुरले लेखेको छ ।