सुर्य प्रसाद भुसाल
पूर्वमुख्यसचिव तथा गृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा बेपत्ता भएको छ ।
मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरले बताएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार घिमिरे चढेको बा९च १५३१ नम्बरको कार दुर्घटनामा परेको हो । सिंहका अनुसार तीन जनाको शव फेला परीसकेकोे छ । जस्मा,घिमिरेकी आमा, सशस्त्र प्रहरीका सुरक्षकर्मी तथा नाम नखुलेका व्यक्तिको शव फेला पारिएको हो ।
सिंहका अनुसार जीपका चालक हामफालेर बाँचेका छन् । उनलाई उपचारका लागि भरतपुर लगिएको छ । पूर्वगृहमन्त्रीसहित तीन जना भने बेपत्ता छन् । त्यस्तै उनका अनुसार दुर्घटनामा परेको कार तथा बेपत्ताहरूको खोजीका लागि प्रहरी खटिएको छ ।
जीप त्रिशुली नदीमा बेपत्ता छ, त्यसमा पूर्वगृहमन्त्री माधव घिमिरे पनि रहेको खुलेको छ ।