सुर्य प्रसाद भुसाल
पूर्व मुख्यसचिव तथा पुर्व गृह परराष्ट्र मन्त्री माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा बेपत्ता भएको छ । मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरले बताएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार घिमिरे चढेको बा९च १५३१ नम्बरको कार दुर्घटनामा परेको हो । सिंहका अनुसार तीन जनाको शव फेला परीसकेकोे छ भने मृत्युु भएकाहरु को पुष्टि भईसकेको छ ।पुर्वमन्त्री घिमिरे कि ८० बर्षिय अामा चैतन्य घिमिरे सशस्त्र प्रहरीका सई अङगरक्षक रामचन्द्र कार्कि तथा घिमिरे का अाफन्त नारायण प्रसाद काफ्ले को मृत्युु भएको चितबन का प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिहले पुष्टि गर्नु भयो ।
सिंहका अनुसार जीपका चालक हामफालेर बाँचेका छन् । उन को भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ घिमिरे का चालकले प्रहरि लाई दिएको बयानमा गाडि पुर्व मन्त्री माधब घिमिरेले चलाएको बयान दिएका छन । गाडिसहित तिन जना अहिलेसम्म बेपत्ता छन । त्रिशुलि नदिमा पानिको बाहाव नघटेका कारण खोजिकार्यमा समस्या उत्पन्न भएको छ ।
चितबन स्थित सस्त्र प्रहरि बलका प्रहरि उपरीक्षक गणेश बहादुर थापा नेतृत्वको ४० जना सस्त्र प्रहरि नेपाल प्रहरि नेपाली सेनाले खोजिकार्य लाई रातभर जारि राखेको छ अहिले सम्म बेपत्ता हुनेमा पुर्ब गृहमन्त्री माधब घिमिरे उनका भाई प्रकाश घिमिरे मोहोन घिमिरे बेपत्ता छन । त्यस्तै पुर्व गृह मन्त्री माधब घिमिरे चढेको गाडि दुर्घटना भएको खबरले प्रधानमन्त्री पुस्प कमल दाहाल स्तब्ध हुनु भएको छ । प्रधानमन्त्री दाहालले खोजिकार्य लाई तिब्रता दिन र सत्य तथ्य पत्ता लगाउन सुरक्षा निकायका प्रमुखहरु लाई निर्देशन दिनु भएको छ । घिमिरे २०६६ साल श्रावण २२ गतेदेखि २०६९ श्रावण २१ गते सम्म सरकार को मुख्यसचिव तथा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी नेत्तृवको सरकारमा गृह तथा परराष्ट्र मन्त्री भएका हुन ।