दाङ जिल्लाका स्थानीय जनताको प्रचण्ड हक र अधिकार भएको प्राकृतिक स्रोत साधन लाई ध्वस्त हुन बाट बचाउ

देवेन थापा

दाङ जिल्लाको निर्वाचन क्षेत्र न :२ लोहारपानी गा.बि.स वार्ड न :२ तिमिले,गदारी को मेल पोखरी भन्ने ठाउ बाट चुन ढुङ्गा उत्खनन गरि सिमेन्ट उपयुक्त चुन ढुङ्गा अर्घाखाँची को जुलुके गा.बि.स चरिङ्गे स्थित सिमेन्ट उद्योगले लैजान बाटो को सर्वेक्षण सम्म गरि सकेको खबरले हामी स्थानीय जनसमुदाय अत्यन्तै दुखित भएका छौ। 
यो उत्खनन बाट गाउँमा बिकाश भित्रीन्छ बाटो ,बिजुली पानी को ब्यावस्था मिलाउने जुन सोही उद्योगपति लाई फाइदा को लागि हुने र स्थानीय बासिन्दा लाई नोकरी पेशा को प्राथमिकता भनी गाउँ का ईमानदार र सोझा किसान हरु लाई प्रलोभनमा पारी ६ घर धुरी को जग्गा जमिन किन बेच सम्म भइ सके को छ। आफ्नो पुर्खाले उपभोग गर्दै आएको प्रचण्ड हक र अधिकार भएको जग्गा जमिन बेचि उनी इमानदार र सोझा किसान हरु अहिले अइलानि ,नापी नभएको जग्गामा बस्न बाध्य भएका छन । बेचिएको जमिन सस्तो र सजिलो तरिकाले बेच बिखान भएको हामीले जग्गा धनी बाट थाहा पाएका छौ ।
यो बस्ती उत्खनन हुने मेल पोखरी डाडा बाट दक्षिण तर्फ ५० मिेटर को दुरि मा रहेको र सस्तो मुल्यमा बेचेका छन।
बेच्ने जग्गा धनी क्रमश: 
१-दुज बहादुर बि.क
२-दुर्गा बहादुर बि.क
३-देविराम बि.क
४-पूर्ण बहादुर घर्ती मगर
५-किण्ण बहादुर घर्ती मगर
र अर्का जीव लाल दमाई को जमिन उत्खनन हुने ठाउ बाट पुर्वीया तिर २० मिटर को दुरिमा रहेको जमिन १६०००००/- मा ४ परिवारलाई दिएको उनी हरु बताउछन् ।
बेच्न बाध्य भएका जनता समक्ष भेटि उनी हरु को कुरा बुझ्दा उनी हरु को जमिन कस्ले किने को भन्ने सम्म उनी हरु लाई थाहा छैन । नेपालको संविधान भित्र नै नभएको डर र धम्की देखाएर बेच्न बाध्य भएको बताउछन् । जुन कुरा हामी गरिब जनता लाई मात्र नभई सिङ्गो नेपाल को हित मा छैन यो कुरा नेपाल सरकार ले ध्यानाकर्षण गरोस् । हास्यास्पद कुरा त यो सम्म पनि छ ।ती उद्योगपति हरु को कुरा सुनी गाउघर का केही शिर्षक गाउँ का प्रतिनिधि हरुले जसरी भए पनि उत्खनन गरेरै छोडने भए एदि खानी बिभाग ले अनुमतिपत्र सो उद्योग लाई दियो भने हामी स्थानीय जनताको केही हक- अधिकार छैन किन भने यो बन-जङ्गल राज्य सरकार को हुन्छ येसमा हाम्रो केही हक अधिकार हुदैन हाम्रो भलाइ सकभर उद्योगपति सङ्ग सम्झौतामा जादा उपयुक्त होला यद्यपि हामीले अटेरी गरि आन्दोलन मा उत्रने हो भने केही पनि हाम्रो हात लाग्ने छैन। केन्द्र सरकार बाट सम्झौता गर्दै स्थानीय निकाय सम्म मिलाउदै आयो भने हामी का जाने भन्ने सम्म पनि डर धम्की र त्रास देखाएका रहेछन।
स्थानीय जनता हरु जो ईमानदार छन सोझा अशिक्षित र गरिबी रेखामुनि बाच्न बाध्य छन उनिहरु लाई यसरी धम्काउनु यो मानवअधिकार बिपरित छ।
यी कुरा हरु गाउँ -घरमा व्यापक रुपमा चहलपहल भइरहेको अबस्थामा हामी दाङ लोहारपानी -२ तिमिले- गदारी का प्रवासी जनता हरु ले एक भेला बसि चुन ढुङ्गा उत्खनन बाट पर्ने वायु प्रदुषण जस बाट दुलो र धुवाँले मानव जीवन स्वास्थ मा दमको रोग एलेर्जी लगाएत डर लाग्दा रोग उत्पन्न हुने र गाई बस्तु सम्म लाई गहिरो असर पर्ने । पानी का मुहान सुकेर जाने 
खेतीयोग्य जमिन मरुभूमि मा परिवर्तन हुने र खेतिले राम्रो सङ्ग पराग शेषन नपाउदा सोरङ्गो रोग लाग्नु लगाएत ध्वनि प्रदुषण 
बन-जङ्गल र माटो नस्ट हुने प्राकृतिक सुन्दरता नस्ट भएर जाने र समाज/ संस्कृति /बिकृर्ति र बिसङ्गिती हुने डर अनि सोही दाङ निर्वाचन क्षेत्र २ को तापा र अर्घाखाँची को नरपानी का जनता बाट पाठ सिक्दै ।
प्रर्यावरण को संरक्षण गर्नु पर्छ पुर्खाले चर्चेको जमिन लाई दिगो बिकाश बाट मात्र बिकाश गर्नु पर्छ । सुन्दर हरियाली ले भरिएको बन- जङ्गल ध्वस्त हुन बाट बचाउन पर्छ । एदि चुन ढुङ्गा उत्खनन हुनबाट रोक्न हामी स्थानीय जनता हरु खुकुलो हुने हो भने नेपाल सरकार र खानी बिभाग ले बिना कुनै सर्त र सम्झौता बिना नै सजिलोसँग खन्न अनुमतिपत्र दिन्छ । हामीले सिर्फ पानी बिहिन भएर बाच्न बाध्य हुनेछौं । हाम्रो गाउको बिच-बिच मा पानी का मुहानहरु छन ।
क्रमश:
१- तितेपानी जुन लोहारपानी-८ सिउडे को एक मात्र पिउने पानी को स्रोत हो । जुन उत्खनन ठाउ बाट ३० मिटर दुरिमा पश्चिम् तर्फ छ । यो सुकेर जाने छ एदि यो मुहान सुकेर गयो भने सिउडे जनता हरु पानी को लागि काकुली सरह हुन बाध्य हुने छन उनी हरु पानी को लागि ४५ मिनेट को बाटो आरुगैरा र पारगाउ उति नै समय लाग्ने ठाउ बाट पानी लिन बाध्य हुने छन । तितेपानी मुहानबाट तल तिर गएर बेथखोला बन्छ जसबाट धेरैलाई सिचाइ को सुविधाजनक छ खासगरी घुर्चे र रिभान पाखा तिर भएका केही खेत हरु । मुख्य कुरा त यो छ लोहारपानी -१ रिभान को पनि खाने पानी को स्रोत बेथखोला नै हो जुन उत्खनन बाट १००% प्रभावित छ। जुन उद्योग द्वारा एस ठाउलाइ अनउपयुक्त माटो फ्याँक्न को लागि उपयुक्त ठानि रहेका छन जसबाट पानीको मुहान मात्र होइन तिमिले वासिको गाई चरन तितेपानी पाखा, ओखेतिनी कान्ला, बल्जिर डाडा, एक्ले सल्ला, लगाएत रिभान देखि तिमिले तिरका पाखा र घुर्चे देखि माथिल्लो भाग का पाखाहरु सबै नस्ट भएर जाने छन। माथिल्लो लेख मार्फत तिमिलेे का केही जनता ले जग्गा जमिन बेचेको उल्लेख गरि सकेको छु सोही ठाउ बाट ४० मिटर को दुरि मा घुर्चे वासीले पिउने पानीको स्रोत झेला खोला भन्ने छ जुन झेलाका दुई – चार घर को पनि पानी को स्रोत हो। त्यसैले हामी रिभान र सिउडे लगाएत घुर्चे वासिलाई मरुभूमि हुन बाट बचाउन चाहानु हुने आदरणीय शुभेच्छुक मित्रहरु लाई यो उत्खनन रोकि प्रयारवण बचाउन हार्दिक अनुरोध गर्दछौं ।
२- श्री बाल- बिकाश प्राथमिक बिधालय तिमिले स्कुल का विद्यार्थीले पिउने पानी को मुहान जसलाई पुर्खेली नाम कामी पधेरा भन्छन यो पनि सुकेर जाने छ। 
३- सिधेनिखोला जसलाई बिचका गाउले जनता हरु को पिउने पानी को स्रोत सोही पानी को मुहानबाट १० मिटर तल रावत टोलका गाई बस्तुले खाने पानी यो पनि उत्खनन बाट प्रभावित ।
४- पधेरा खोला मा भएको पानीको मुहान जो अति उत्तम पानी पिउन योग्य छ जुन हिउँदमा १०० घरधुरी ले पानी एहि मुहानबाट प्राप्त गर्छन। र तिमिले का जनताहरुको एक मात् पानी आपूर्ति गर्ने पहिलो आधार हो। यो पानीको मुहानबाट केही किसान हरु ले बर्षा को समयमा खेतमा धान खेती पनि गर्छन। येति मात्र नभई एस मुहानबाट क्रमश मुहान हरु हुँदै तल तिर गएर खोला बन्छ तेहि पानी पिउनु र सिचाइ को लागि लापदिप का वासिन्दा हरुले उपभोग गर्दै आएका छन ।
५- तिक्री खोला को मुल पनि एहि चुन ढुङ्गा उत्खनन हुने पहाड संगै जुडिएको छ। यो मुहानको पानी तिमिले का जनता ले उपभोग गर्दै आएका छन ।
अर्कोतिर गदरी का बेल डाडा टोल ले पनि सिचाइ र पिउन का लागि उपभोग गर्दै आएका छन । बाटो को सर्वेक्षण गरेको हामीलाइ प्राप्त भएको जानकारी अनुसार अर्घाखाँची जुलुके गा.बि.स चरिङ्गे बाट देउखुरी तल्लो मौरीघाट हुँदै दाङको हासिपुर गा.बि.स का केही गाउँ लाई जोडदै लोहारपानी -७ झेल्खोल,मुर्कुटि बजार गाउँ हुँदै लोहारपानी -६ झेल्नेटा बजार र श्री सुधा माध्यामिक बिधालय झेल्नेटा का सयौं बिद्यार्थी हरु लाइ प्रतेक्तक्ष असर गर्छ । भन्ने विषय मा छलफल बहस पछि सबै को सहमतिमा एउटा समिति गठन गरियो।
चुन। ढुङ्गा उत्खनन लोहारपानी-८ र ९ गर्नु लाई सर्वेक्षण गरि सकेको हामीले थाहा पाएका छौ ।
लोहारपानी – ८ बाटुले मा एक घर बिक्री भएको स्थानीय वासी बताउछन् । तर उहाहरु पनि चुन ढुङ्गा उत्खनन रोक्न संघर्ष गर्ने तयारी भएको स्थानीय ले बताउनु भयेको छ ।
दाङ को चिन्ताजनक विषय भनेको लोहारपानी -९ मा सिर्जना भएको छ लोहारपानी -९ को सिउडि भिर उद्योगपतिले चुन ढुङ्गा उत्खनन को लागि भनि तेस सङ्ग जोडिएका सेरोफेरोमा केही दिन पहिले केही ब्यापारी हरुले बाख्रा पालन को लागि भनी किने को टोडके चिउरी मा भएको भक्त राम बुढा को २५ रोपनी जमिन २००००रोपनी मा किनेर २६००० रोपनी बेचे पछि सोही ठाउमा चेतन बुढा ,यज्ञ बुढा ,प्रेमबहादुर बुढा को ३५ रोपनी जग्गा २६००० रोपनी बेचेका बताउँछन् येसै गरि उत्खनन हुने ठाँउ बाट नजिक भएका लुतेसेरुङ्ग , ढाकोट, एक्लेसल्ला, कोल्गैरा, भैसिकुटि, का जनता ले ४०००० रोपनी मा बेचेका छन । तर सोही टोड्के चिउरि का थाइ बसोबास गर्ने पद्मेमेली कामी को जमिन नापी नभएको भदै एक पैसा पनि दिन माने को छैन । उसलाई विस्थापित गरिदै छ। बचेनी स्थानीयहरु ले लेक – बेसी गर्दै आएका केहि मात्रा मात्र खेती हुने ठाउ भनी बेची जग्गा पास सम्म दिई सकेका छन। 
सिउडि भिर को उत्खनन ले दाङ उपत्यका रामपुर गा.बि.स काभ्रे गा.बि.स र लक्ष्मीपुर गा.बि.स लाई समेत ठुलो क्षतिग्रस्त पार्ने छ। बिकास को नाम मा जुन प्रर्यावरण लाई संरक्षण गर्नु को सत्ता ध्वस्त गरिदै छ यो नेपाल को लागि आउने दिनहरुमा उपयुक्त छैन।
तेसैले सम्