धादिङको सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदीतर्फ जाँदै गरेको बा३ख ३३१८ नम्बरको यात्रीबहाक बस मंगलबार मार्पाकमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृतकमध्ये १३ जनाको सनाखत भएको छ ।
जसमा सत्यदेवी गाउँ विकास समिति-२ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनकै ५ वर्षीय छोरा छन् ।
यस्तै, सत्यदेवी-३ का तिलबहादुर तामाङ, री-८ का चन्द्रमान तामाङ, मन तामाङ, री-२ का कासा लामा तामाङ, दार्खा-९ का रामचन्द्र सापकोटा, मार्पाक-५ की दिल कुमारी पौडेल, उनकी छोरी कमला पौडेल र बसका चालक गोरखाका गंगा सुनार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ११ जना घाइते भएका छन् । गम्भीर अवस्थाका उनीहरुलाई नेपाली सेना र फिस्टेल एअरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
मंगलबार बिहान धादिङबेसीबाट ३१ जना यात्री लिएर गएको बस बिहान साढे ११ बजे मार्पाक गाउँ विकास समितिको वडा नम्बर