बसाईंसराईं सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौमा सुरु

बसाईंसराईं सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौमा सुरु भएको छ। माइती नेपाल लगायतका संस्थाको आयोजनामा मंगलबार सुरु भएको सम्मेलनको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले उद्घाटन गरे।
सम्मेलनमा विदेशमा रहेका नेपाली घरेलु कामदारले भोग्नुपरेका समस्या, बसाईंसराईं र मानवबेचबिखन लगायतका विषयमा छलफल हुनेछ।
वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन बढेका कारण त्यसको रोकथामका उपाय पत्ता लगाउन सम्मेलन गरिएको आयोजकले जनाएका छन्। सम्मेलन दुई दिनसम्म चल्ने छ। सेतोपाटीमा समाचार छ ।