नेपालीहरुको महान् चाड बडादसैं सुरु भएपछि काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ ।
यसपालिको दसैंमा करिब २५ लाख व्यक्ति काठमाडौं बाहिरिने अनुमान सम्बन्धित निकायको रहेको छ । तर, दसैंमा घर जाने व्यक्तिहरु भने पायकपर्ने दिनमा टिकट नपाएर समस्यामा पर्ने देखिएको छ ।
यातायात व्यवसायीले गत असोज ७ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छन् ।
हाल गोंगबु बसपार्कमा अग्रिम टिकट बुकिङ गर्नेहरुको भीड अत्यधिक बढेको देखिन्छ । हाल दैनिकरुपमा करिब ४ हजारदेखि ८ हजार ओटा अग्रिम टिकट बुकिङ भइरहेको तथ्यांक रहेको छ ।
अग्रिम टिकट बुकिङ खुला गरिएपनि सहजरुपमा टिकट पाउन नसकिएको यात्रुहरुले गुनासो गरेका छन् ।
पश्चिम नेपाल बस व्यवसायी संघका काठमाडौं शाखा प्रमुख डिल्लीराम भुषालले यात्रुहरुको सुविधाको लागि थप गाडीहरु सन्चालनमा ल्याइएको हामीसँग बताए ।
संघले सेवा सन्चालन गर्ने लुम्बिनी अञ्चलमा हाल नियमित रुटमा ४० प्रतिशत