परिवर्तनका लागि युवा अभियानको अन्तरक्रिया सम्पन्न

 दीपक भुसाल
काठमाडौँ, १६ असोज । गत भदौदेखि औपचारिक रुपमा सुरुवात गरिएको परिवर्तनका लागि  युवा अभियानको पहिलो अन्तरक्रिया कार्यक्रम शनिबार काठमाडौँको तिनकुनेमा सम्पन्न भएको छ।
सामाजका युवाहरुलाई सकारात्मक दिशामा हिड्न प्रेरित गर्ने उद्देश्यका साथमा सञ्चालीत उक्त अभियानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहाकार चक्रपाणी खनाल बलदेव, दक्षिण एसियाली ज्योतिष माहासंघ नेपाल च्याप्टरका अध्यक्ष लक्ष्मण पन्थि,त्रिबेणि विकाश बैकंका अध्यक्ष लङक बहादुर के सि ,अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य दिपक चुदाली लगायतको सहभागिता थियो ।
हिमन्त घिमिरेको सभापतित्व र सचिव चिरञ्जिवी न्यौपानेको सञ्चालन रहेको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले युवा उद्यमशिलतामा देखिएका समस्या , बेरोजगारी ,युवा विकाशमा विक्तिय क्षेत्रको भुमिका लगायतका विषयमा धारणा राखेका थिए। साथै उक्त अवसरमा विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान समेत गरिएको सचिव न्यौपानेले जानकारी दिनुभयो।