प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दसैं, तिहार, छठलगायत पर्वमा यातायात सहज बनाउन आइतबार मातहत निकायलाई निर्देशन दिएको छ ।
कार्यालयले यात्रुको सहजताका लागि पर्वका महत्त्वपूर्ण दिनहरूमा सरकारी स्वामित्वका बससमेत चलाउने व्यवस्थाका लागि सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।
मुख्यसचिव सोमलाल सुवेदीको अध्यक्षतामा सम्बन्धित सचिव र सुरक्षा अंग प्रमुखहरूको बैठकपछि यससम्बन्धी निर्णय भएको हो ।
दसंै, तिहार र छठका केही बढी महत्त्वपूर्ण दिनमा यात्रुहरूको सुविधाका लागि ठूला बसहरू काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्ने व्यवस्था सामान्य प्रशासन मन्त्रालयले मिलाउनेछ, मन्त्रिपरिषद् कार्यालयले जारी गरेको विज्ञप्तिमा छ । लामो तथा छोटो दूरीको यातायात सहजताका लागि भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ । कान्तिपुरमा समाचार छ ।