नेपालमा हिन्दी बोलिए पनि राष्ट्रिय भाषा भने हुन नसक्ने गृहमन्त्रीको प्रष्टीकरण

उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधीले हिन्दी भाषा राष्ट्रिय भाषा बनाउने विषयमा छलफल नै नभएको प्रष्टीकरण दिएका छन् ।
नेपालमा हिन्दी बोलिए पनि राष्ट्रिय भाषा भने हुन नसक्ने उनले प्रष्ट पारे । हामीसंग कुरा गर्दै मन्त्री निधिले आफू हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन लागेको भन्ने प्रचार गलत भएको बताए ।
संविधान संशोधनका लागि प्रदेश सिमांकन, राष्ट्रिय सभामा प्रतिनिधित्व, अंगिकृत नागरिकतालगायतको विषयमा सहमति नजिक पुगेको र चाडबाडकै बीचमा राजनीतिक सहमति जुटाई पर्वहरु सकिएलगत्तै संसदमा संशोधन दर्ता गरिने उनले बताए ।
मन्त्री निधिले चैत्रभित्रै स्थानीय तहको निर्वाचन गर्ने सरकारको लक्ष्य रहेको भन्दै अबको दुई हप्तामा स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन दिएमा १६ महिना भित्रै सबै निर्वाचन सक्ने तयारी सरकारको छ भने ।
मन्त्री निधिले भारत