दसैं मनाउन मंगलबारसम्ममा ४ लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिएका छन् । प्रत्येक दिन यो संख्या बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ । नागढुंगा, साँखु, बालाजु, कोटेश्वर र बल्खु नाकाबाट दसैंतिहार र छठ मनाउने यात्रु बाहिरिइरहेका छन् । कान्तिपुरमा समाचार छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबार घटस्थापनादेखि मंगलबारसम्मका ४ दिनमा उपत्यकाबाट बाहिरिनेको संख्या पाँच लाखभन्दा बढी पुगेको जनाएको छ । महाशाखाका डीआईजी प्रकाश अर्यालले पाँचवटै नाकाबाट उपत्यका बाहिरिने संख्या बढ्दै गएको बताए । अन्य समयमा दैनिक १५ सय सवारीसाधन बाहिरिने गरे पनि दसैंका बेला २५ सयभन्दा बढी बाहिरने गरेका छन् ।
एकैपटक धेरै यात्रु बाहिरिँदा सडकमा सवारी साधनको चाप बढी भएकाले व्यवस्थापन गर्न गाह्रो भइरहेको भन्दै उनले प्रहरी सहायता कक्षद्वारा यात्रुको सुरक्षामा ध्यान दिइएको बताए । यात्रु नझुक्किउन्, नठगिउन् भनेर प्रत्येक नाकामा यात्रु सहायता कक्षको व्यवस्था गरेका छौं, उनले भने, यात्रुलाई ठगिनबाट जोगाउन पूर्वपश्चिम राजमार्गमा हेल्प डेस्क को व्यवस्था गरिएको छ ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बुधबारदेखि दैनिक ३ देखि ४ हजार सवारीसाधन सञ्चालनमा ल्याउने बताए । बुधबारदेखि नवमीसम्म प्रत्येक दिन ४ लाख यात्रुले उपत्यका छाड्ने हाम्रो अनुमान छ, उनले भने,