यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै दसैं अवधीभर नेपाल प्रहरीद्वारा निःशुल्क बस सेवा संचालन

यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै दसैं अवधीभर नेपाल प्रहरीले निःशुल्क बस सेवा संचालन गरेको छ। बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्मका काठमाडौंका तीन रुटमा शनिबारदेखि बस सञ्चालन गरेको नेपाल प्रहरीले जनाएको छ।
उक्त सेवा अन्तर्गत पहिलो रुटको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल आइपुग्ने छ ।
यसैगरी दोस्रो रुटको बस नक्सालबाट सुरु भई मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, शहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्साल आइपुग्ने छ।
तेस्रो रुटको बस नक्सालबाट सुरु भई जयनेपाल हल चोक, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, रातोपुल हुँदै पुनः नक्साल आइपुग्ने छ । सेतोपाटीमा समाचार छ ।