सेती अञ्चल अस्पतालमा चारदिन सम्म आईसियु सेवा बन्द हुँदा बिरामी मारमा

सेती अञ्चल अस्पतालमा रहेको सुदुरपश्चिमकै एक मात्र सेवा सघन उपचार सेवा (आईसियु) बन्द भएपछि बिरामी मारमा परेका छन्। पूर्व जानकारी बिना नै सघन उपचार सेवा बन्द भएपछि सुदूरपश्चिमका पहाडी जिल्लालगायत अन्यत्रबाट उपचारका लागि आउने बिरामीलाई समस्या परेको हो।
प्रत्येक ६ महिनामा एकपटक सरसफाईका लागि मात्रै बन्द हुनुपर्ने आईसियू चार दिनसम्म बन्द हुनु अस्पतालको चरम लापरवाही मान्न सकिन्छ। अस्पतालका निमित्त मेसु डाक्टर विशव सिंह बोहराले प्रत्येक ६ महिनामा एकपटक बिरामीको चाप नभएको अवस्था पारेर सरसफाईका लागि बन्द गरिने बताए। यसपाली भने दसैं परेकोले प्रायः कर्मचारी विदामा घर गएका कारण ४ दिन बन्द गर्नु परेको बताए।
लामो प्रयासपछि सेती अञ्चल अस्पतालमा ४ शय्याको आईसियु सेवा सुरु गरेपनि सुरुदेखि नै दक्ष जनशक्तिको अभाव रहँदै आएको थियो। अस्पतालले बोर्डमा सुचना टाँस गरेर असोज २२ गतेदेखि २६ गतेसम्मका लागि आईसियु सेवा बन्द गरिएको जानकारी गराएको छ। सेतोपाटीमा समाचार छ ।