ताप्लेजुङमा चार दिन बेथा लागे पनि उद्धार गर्न नसकेपछि गर्भवतीको मृत्यु

बिहीबार दिउँसो गर्भवती महिला लिन आएको मनाङ एयरको हेलिकप्टर खराव मौसमका कारण गन्तब्यमा पुग्न नसकेपछि एक गर्भवतीको मृत्यु भएको छ ।
ताप्लेजुङको पापुङ गाविस १ किलिङ्की ४० वर्षीया पेमा शेर्पाको प्रसुति हुन नसकेपछि हेलिकप्ट चार्टर गरेर बोलाइएको थियो । दिनभरी हेलिकप्टर आकासमा घुमे पनि बाक्लो कुहिरोका कारण बस्न सकेन । खोक्लिङ गाविसको डाँडाँ गाउमा राखेर दुई पटक बिरामी ल्याउने प्रयास गरेको थियो । तर सम्भव नभएपछि साँझ सदरमुकाम फुङलिङको भानुजन माविको मैदानमा राति राखिएको थियो । 
मौसममा सुधार आए शुक्रवार बिहान फेरि प्रयास गर्ने योजना थियो, तर बिहानै मृत्युको खबर आयो हेलिकप्टरमा विरामी लिन आएका कविन्द्र शेर्पाले भने, उनको राति १ बजेतिर मृत्यु भएछ ।
पेमालाई चार दिनदेखि प्रसुति बेथा लागेको उनका काका नुपु शेर्पाले बताए । पेमाका यसअघि एक छोरा र छोरी छन् । कान्तिपुरमा समाचार छ ।