काभ्रेको पाँचखाल पोखरीमा बस दुर्घटना, २ जनाको मृत्यु

पाँचखाल-१६ भान्चे पोखरी भन्ने स्थानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अर्का १ जना सख्त घाइते भएको उद्धारमा खटिएका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । मृतकको अझै सनाखत हुन सकेको छैन ।
पाँचखाल-१६ भान्चे पोखरी भन्ने स्थानमा बस दुर्घटना भएको छ । पलाञ्चोकभगवती दर्शन गरेर फर्कँदै गरेका यात्रु चढेको किर्तिपुर यातायातको बा४ख  १९१३ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको स्थानीय देवु पौडेलले टेलिफोनमा जानकारी दिए । 
हताहतीबारे जानकारी आउने क्रममा रहेको घटनास्थलतर्फ जाँदै गरेका जिल्ला प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले टेलिफोनमा बताए । घाइते ७ जनालाई स्थानीयको सहयोगमा प्रहरीले उपचारको लागि धुलिखेल अस्पताल पठाएको छ । स्थानीयले दिएको जानकारी अनुसार, बसमा करिब १५ यात्रु सबार थिए । कान्तिपुरमा समाचार छ ।