कन्चनपुरका बासिन्दाद्वारा महाकाली नदीमाथिको झोलुंगेपुल बन्द गर्ने चेतावनी

कन्चनपुरका बासिन्दाले दोधारा-चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुंगेपुल बन्द गर्ने चेतावनी दिएका छन् ।
लामो समयदेखि जीर्ण बनेको झोलुंगेपुलको मर्मत-सम्भार गर्न सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै स्थानीयले पुल नै बन्द गर्ने चेतावनी दिएका हुन् ।
यो झोलुंगेपुल एसियाकै दोस्रो लामो झोलुंगेपुल हो । जीर्ण बनेको पुलमा आवत-जावत गर्न समस्या भएको स्थानीयको गुनासो छ ।
स्थानीय युवाहरुले पुलको निरीक्षण गर्दै सम्बन्धित निकायलाई चाँडो मर्मत गर्न आग्रह गरेका छन् ।
सुदूरपश्चिमको पर्यटकीय गन्तव्यसमेत रहेको यो पुलको मर्मत हुन नसक्दा  महाकाली पारी को भनेर चिनिने दोधारा-चाँदनी नगरपालिकाका बासिन्दा निराश भएका छन् । इमेजखबरमा समाचार छ ।