नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास तालिम सन्चालन

छाउनीस्थित महावीर गण (रेन्जर) र अमेरिकी सेनाको विशेष कार्यसमूहबीच सोमबारदेखि संयुक्त तालिम/अभ्यास ‘टिक नेल १७-०१’ सन्चालन भएको छ ।
विपद् व्यवस्थापनसम्बन्धी विविध विषयमा आधारित रहने तालिम रसुवाको लाङटाङ र कास्कीको पोखरा इलाकामा कात्तिक २६ गतेसम्म सन्चालन हुनेछ ।
तालिमका लागि अमेरिकी सेनाको टोली गत असोज २७ गते काठमाडौं आइपुगेको थियो ।
यस्तो संयुक्त तालिम तथा अभ्यासबाट नेपाली र अमेरिकी सेनाबीच विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदान-प्रदान गर्न सहयोग पुग्नाका साथै नेपाली सेनाको क्षमतामासमेत बृद्धि हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस