एकल गायनमा रामकृष्ण :बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्

          
  बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्… गायक रामकृष्ण ढकालले भ्वाइस द ब्याकअप ब्यान्डका संगीतकर्मीहरूको प्रत्यक्ष वाद्यवादनमा यो गीत प्रस्तुत गर्न थाल्दा उपराष्ट्रपति नन्दबहादुर पुनसमेत मुग्ध भए । आफ्नो १५ औं एकल एल्बम सार्वजनिक गर्न सोल्टी होटलमा आयोजित एकल गायन कार्यक्रममा गायक ढकालले करिब एक दर्जन लोकप्रिय गीत प्रस्तुत गर्दा कार्यक्रमस्थल शान्त रह्यो ।
ओराली लागेको हरिणको चाल भो… देखि नारायण गोपालको
एउटा मान्छेको मायाले कति… गाउञ्जेलसम्म कार्यक्रमस्थलमा उपराष्ट्रपतिसहितका दर्शकहरू गायक ढकालको गायनमा रमाए ।
गायक ढकालले आफ्नो पछिल्लो एल्बममा ११ वटा गीत समावेश गरेका छन् । समारोहमा एल्बमको म लडेको मात्र हुँ… गीतको म्युजिक भिडियोसमेत प्रिमियर गरियो ।

कान्तिपुर साप्ताहिकबाट