नवलपरासी जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुबीच झडप हुँदा पाँचजना घाइते

नवलपरासी जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुबीच मंगलबार दिउँसो झडप हुँदा पाँचजना घाइते भएका छन् ।
खानपान र अरु सुविधामा सुधार ल्याउन माग गर्दा मुख्यनाइके र अरु नाइकेहरुले बन्दीहरुलाई हातपात गरेपछि झडप भएको बताइएको छ ।