प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनसम्बन्धी मस्यौदा अन्तिम चरणमा पुगिसकेको दाबी गरेका छन् ।
व्यवस्थापिका-संसदको बुधबार बसेको बैठकलाईसम्बोधन गर्दै उनले आगामी छठपर्वसम्ममा संविधान संशोधन भइसक्ने जिकिर पनि गरे ।
संविधान संशोधन गरेर देशलाई निर्वाचनको प्रक्रियामा अघि बढाउन आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
देश यतिबेला अप्ठेरो अवस्थामा रहेको भन्दै उनले सत्ता वा प्रतिपक्षी नभनी सहज वातावरण बनाउनतर्पm लाग्नुपर्नेमा जोड दिए ।
सम्बोधनकाक्रममा प्रधानमन्त्री दाहालले गत भदौ अन्तिममा गरेको भारत भ्रमण र असोज अन्तिममा ‘बिमिस्टेक’ सम्मेलनकाक्रममा भएका वार्ता र सहमतिबारे पनि प्रस्ट्याएका छन् । इमेजखबरमा समाचार छ ।