काठमाडौंमा अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलन सुरु (फोटो फिचर)

अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघले आगामी कात्तिक ४ देखि ६ गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलन को आयोजना गरेको छ।
उक्त सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दु धर्मका विशेषताका बारेमा कार्यपत्र प्रस्तुत भई छलफल गरिनेछ। नेपाल, भारत लगायतका मुलुकबाट करिब एक हजार प्रतिनिधिलाई निमन्त्रणा गरिएको महासम्मेलनमा १० औं हजार हिन्दु धर्मका अनुयायीको सहभागिता गराइनेछ।
साधु, सन्त, महन्त, विद्वानको सहभागिता रहने महासम्मेलनले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने प्रस्तावसमेत पारित गर्ने महासंघका सचिव अस्मिता भण्डारीले जानकारी दिइन्।
 काठमाडौंको वनकालीमा हुने सोही कार्यक्रममा अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघको नयाँ कार्यसमितिका लागि नयाँ नेतृत्वसमेत चयन गरिनेछ। रासस

फोटो हेर्नुहोस (कान्तिपुर)