एमालेद्वारा व्यवस्थापिका-संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ‘ह्वीप’ जारी

 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको व्यवस्थापिका-संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ‘ह्वीप’ जारी गरेको छ ।
एमाले संसदीय दलको विहीबारको बैठकले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध महाभियोग लगाउने विषयमा हुन लागेको छलफलमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई ह्वीप जारी गरेको मुख्य सचेतक भानुभक्त ढकालले बताए ।
बैठकले अहिलेको अवस्थामा लोकमानसिंह कार्कीकाविरुद्धको महाअभियोग लगाउने प्रस्तावका पक्षमा लाग्न बुधबार हस्ताक्षर गर्न छुटेका आफ्ना सांसदहरुलाई निर्देशनसमेत दिएको छ । इमेजखबरमा समाचार छ ।