लोकमानसिंह कार्कीलाई महाअभियोगबाटै कारबाही गर्नुपर्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाई

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोगबाटै कारबाही गर्नुपर्ने बताएका छन् ।
मोर्चाको केन्द्रीय समिति बैठकको निर्णयबारे जानकारी दिन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले -महाअभियोग प्रस्ताव पारित गर्नुको विकल्प छैन-भने ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको २५ बुँदे सहमति राष्ट्रघाती र नेपाललाई भुटानीकरण गर्ने खेल भएको केसीको आरोप थियो । इमेजखबरमा समाचार छ ।