कर्णाली कलाकुञ्ज नाट्य समूहले स्थानीय भेषभूषामा देउसी भैलो कार्यक्रम गरेको छ ।
केटीहरुले पुर्ख्यौली स्थानीय सेतो पोशाक आँगो, पटुका, चकग्री, माला र केटाहरुले दौरा सुरुवाल लगाएर गमगढी बजार देउसी भैलो खेलेका छन् । अन्य देउसी भैलो टिम भन्दा फरक देखिएको छ ।
पश्चिमेली आयत पोशाकले ओझेलमा पर्दै गएको स्थानीय पोशाकलाई महत्व दिने देउसी भैलोमा प्रयोग गरिएको कर्णाली कलाकुञ्जले जनाएको छ । उक्त कलाकुञ्जको देउसी टिमलाई सबैले स्वागत गरेका छन् ।
स्थानीय पोशाक लाई जर्गेना गर्न प्रयोग गरिएको कर्णाली कलाकुञ्ज देउसी भैलो टिमका देबेन्द्र कार्कीले भने शहरी क्षेत्र बाट आएको पोशाकलाई किन महत्व दिने स्थानीय पोशाकमा कर्णालीको पहिचान छन् ।
देउसी भैलोबाट जम्मा भएको रकमबाट कलाकुञ्जले दुर्गम गाउँमा स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ । देउसी भैलो खेलेर बनभोज खाने चलन लाई अन्त गर्न कलाकुञ्जले शिबिर सञ्चालन गर्न लागेको छ ।
जिल्लामा बिगत तीन चार वर्ष यतादेखि तिहारमा देउसी भैलो खेलेर पैसा माग्ने र उक्त पैसाले बनभोज खाने चलन बढ्दै गएको छ । पछिल्लो पटक शहरदेखि गाउँसम्म देउसी भैलो खेल्न थालेका छन् । कान्तिपुरमा समाचार छ ।