यो वर्षको भाइटीकाको उत्तमसाइत भोलि मंगलबार मध्याह्न ११ बजेर ५२ मिनेटमा, दिनभर जतिबेला टीका लगाएपनि फरक नपर्ने

यो वर्षको भाइटीकाको उत्तमसाइत कात्तिक १६ गते (मंगलबार) मध्याह्न ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
भाइटीका लगाउन साइत हेर्नु नपर्ने भएपनि साइतमै टीका लगाउनेहरुका लागि ११ बजेर ५२ मिनेट जाँदा टीका लगाउनु उपयुक्त हुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।
मंगलबार (भोलि) दिनभर जतिबेला टीका लगाएपनि फरक भने नपर्ने उनले बताए । 
आफ्नै निवास छाउनीमा सोमबार हामीसँग कुरा गर्दै गौतमले टीका लगाइदिने दिदीबहिनीले पूर्वदिशामा फर्कने र टीकाथाप्ने दाजुभाइ पश्चिम दिशामा फर्केर टीका लगाउनु उत्तम हुने बताए ।
तिहार पर्वले पशुपक्षी तथा मानिसबीच सामिप्यता बनाउने तथा दाजुभाइ-दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउने भएकाले पनि यो पर्वको विशेष महत्व रहेको उनको भनाइ छ । इमेजखबरमा समाचार छ ।