सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित चारजनालाई एक हप्ताभित्र लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मंगलबार एक हप्ताभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।
आदेशमा भनिएको छ- सजाय नगर्नुपर्ने कुनै आधार र कारण भए सातदिनभित्र स्वयं उपस्थित भइ लिखित जवाफ पेस गर्नू ।
म्याद तामेलीमा अवरोध गरेको भन्दै कार्कीसहित उनका ज्वाइँ प्रवल थापा, पूर्वसचिव प्रमोद कार्की र असइ नकुल गौतमलाई एक हप्ताभित्र लिखित जवाफ दिन आदेश दिइएको छ ।
आयोगका निलम्बित प्रमुख आयुक्त कार्कीले अदालतको म्याद तामेलीमा अवरोध पु