नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताबिना संविधान कार्यान्वयन र निर्वाचन सम्भव नहुने बताएका छन् ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघको महाधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सवल र सक्षम राष्ट्रको निर्माणका लागि संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको बताए ।
उनले सबै राजनीतिक दल इमान्दार भएर राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले साम्प्रदायिक हिंसा मच्चाएर मुलुकमा अराजकता फैलाउने तत्व सक्रिय रहेको भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताए ।
उनले मुलुकमा सम्पूर्ण जातजातिलाई अवसर र उनीहरुको सुरक्षाको ग्यारेन्टी गरेमात्र मुलुकमा शान्ति, अमनचयन कायम गर्न सकिने विश्वास व्यक्त गरे । इमेजखबरमा समाचार छ ।