पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचारका लागि ५० लाख रुपैयाँ प्रदान गर्ने मन्त्रीपरिषदको आज बसेको बैठकले निर्णय गरेको छ ।
स्वास्थ्यमन्त्रालयले मन्त्रीपरिषदमा लगेको विशिष्ठ व्यक्तिको उपचारका लागि १५ लाखभन्दा बढी रकम उपलब्ध नगराउने निर्णयलाई किनारा लगाउँदै मन्त्रीपरिषदले ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
कोइराला उपचारका लागि आज सिंगापुर प्रस्थान गरिसकेकी छिन् । उनले सरकारसँग उपचारका लागि १ करोड रुपैयाँ उपलब्ध गराउन माग गरेकी थिइन् ।
केही समयअघि मलेसिया भ्रमणमा रहेको बेला अस्वस्थ भई उपचार गराउादा कोइरालालाई स्तन क्यान्सर भएको पत्ता लागेको हो ।
क्यान्सर पत्ता लाग्नासाथ मलेसियामा नै शल्यक्रिया गरी कोइराला नेपाल फर्किएकी थिइन् । सम्मेलन सकिएपछि आफ्ना छोरी-ज्वाइासाग रहेकी कोइरालालाई एक्कासि रिंगटा लागेपछि अस्पताल लगिएको थियो । अस्पतालमा परीक्षणका क्रममा उनलाई क्यान्सर लागेको थाहा पाएपछि ढिलो नगरीकनै शल्यक्रिया गरिएको हो । शल्यक्रिया भएको केही दिनमै उनी नेपाल फर्केकी थिइन् । कान्तिपुरमा समाचार छ ।