प्यूठान समाचारदाता
प्यूठान, २९ कात्तिक । सरकारले संविधान संशोधन प्रस्ताव ल्याउन लागेको चर्चा चलिरहेका वेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कुनै पनि हालतमा संविधान संशोधन हुन नदिने बताएका छन् । विदेशीको इसारामा नेपाललाई टुक्राउने उद्देश्यले सिमांकन हेरफेर सहितको संशोधन मान्य नहुने बताएका हुन् ।
प्रेस चौतारी प्यूठानले सोमवार खलंगामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सरकार जनताको चाहना भन्दा विदेशीको चाहनामा अघि बढेको आरोप लगाए । सरकार विदेशीको आड भरोसामा अघि बढेको छ । उनले भने विदेशी रिजाउने लक्ष्य राखिएकोले तराई पहाड छुट्टाउने खेल हामी हुन दिँदैनौं । मधेशवाद