हाल नेपालमा मधुमेह रोगी १० लाखभन्दा बढी

हाल विश्वमा मधुमेह रोगी ४१ करोड ५० लाख र नेपालमा १० लाखभन्दा बढी भएको जनाइएको छ।
त्यस्तै प्रत्येक वर्ष विश्वमा मधुमेहबाट ५० लाखको मृत्यु हुने गरेको तथ्याङ्क छ डाइबेटिज नेपाल र रेयुकाई नेपालको संयुक्त आयोजनामा आज यहाँ डाइबेटिज रोगमा आँखा भन्ने नाराका साथ मनाइएको मधुमेह दिवसमा सो जानकारी दिइएको हो।
कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण पनि गरिएको डाइबेटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्यौंले जानकारी दिए। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा जया प्रधानले खानपान व्यवस्थापन गरेमा मधुमेहको जटिलता नियन्त्रण हुने बताए। रासस