नेपाल तरुण दलमा नेताहरु भागबन्डाको आधारमा नेतृत्व चयन गर्न सहमत

पोखरामा जारी नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको महाधिवेशनमा नेताहरु भागबन्डाको आधारमा नेतृत्व चयन गर्न सहमत भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र खुमबहादुर खड्काबीच छलफल भएपछि भागबन्डा मिलेको हो ।
भागबन्डाअनुसार देउवापक्षले अध्यक्षसहित २४ सदस्य, पौडेलपक्षले महासचिवसहित २४ सदस्य, सिटौलापक्षले एक उपाध्यक्षसहित केही सदस्य र खड्का पक्षले कोषाध्यक्षसहति केही सदस्य चुन्ने छन् ।
मंगलबार (आज) साँझसम्ममा नेताहरुले आ-आफ्नो पक्षबाट केन्द्रीय समितिमा रहनेहरुको नाम दिने बताइएको छ । इमेजखबरमा समाचार छ ।