चिकित्सकको लापरबाहीका कारण नाबालकको ज्यान गएको भन्दै मृतकका आफन्तले मंगलबार काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन गरेका छन् ।
गोर्खाको फुजेल गाविस-१ का एक महिनाका शिशुको उपचारका लागि दुई साताअघि शिक्षण अस्पताल पुर्याइएको भए पनि उपचारमा खटिएका एकजना आवासीय चिकित्सकले शिशुलाई छारे रोगको औषधी डबल डोजमा खुवाईदिएको तथा जबरजस्ती भेन्टिलेटरमा राखेको आरोप मृतकको आफन्तको छ ।
मृतकका बुबा हरि देवकोटाले शिशुको उपचारमा खटिएका चिकित्सकको लापरबाहीका बारेमा जानकारी गराउँदासमेत अस्पताल प्रशासनले बेवास्ता गरेको र शिशुको ज्यान गएको गुनासो गरे ।
मृतकका आफन्तले शिक्षण अस्पतालको बालरोग शाखाअन्तर्गतको आइसीयु तथा सीसीयुमा आवश्यक सरसफाईको व्यवस्था नगरिएका कारण त्यहाँ किटाणुको संक्रमण बढेको तथा डेढ महिनाभित्रै अन्य केही बालबालिकाको ज्यान गएको आरोप लगाएका छन् ।
यसैबीच अस्पताल प्रशासनले भने यो घटनाका विषयमा आवश्यक छानविन भइरहेको जनाएको छ । इमेजखबरमा समाचार छ ।