तरुण दलमा भागवन्डा मिल्यो,अध्यक्ष देउवा, महामन्त्री पौडेल, उपाध्यक्ष सिटौला र कोषाध्यक्ष खड्का समूहले लिने

सुर्य भुसाल 
पोखरा । पोखरामा जारी नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशनमा पदाधिकारीमा नेताहरूबीच भागबण्डा मिलेको छ । 
मंगलबार भएको भागवन्डामा संगठनको अध्यक्ष पार्टी सभापति शेरबहादुर देउवा, महासचिव नेता रामचन्द्र पौडेल, उपाध्यक्ष सिटौला र कोषाध्यक्ष खुमबहादुर खड्का समूहले राख्ने सहमती बनेको कांग्रेसका एक नेताले जानकारी दिए । 
देउवाले तरुण दलको अध्यक्षमा पूर्व विद्यार्थी नेता जीतजंलाई प्रस्ताव गरेका छन् । महामन्त्रीमा पौडेल समूहबाट भूपेन्द्रजंग शाही र सिद्वार्थ कोइरालामध्ये एक जना चयन हुनेछन् भने सिटौला समूहबाट उत्तम कुमार चापागाईं उपाध्यक्ष बन्ने पक्का भएको स्रोतले बतायो । यसैगरी पार्टी 
केन्द्रीय सदस्य खड्का पक्षबाट पूर्ण गुरुङ कोषाध्यक्ष बन्ने लगभग पक्का भएको स्रोतको भनाई छ ।  
कांग्रेसका एक नेताले बाह्रखरीसँग कुरा गर्दै भने,