संखुवासभामा स्थानीय निकाय पुनःसंरचनाको विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परी डेढ दर्जन स्थानीय घाइते भएका छन् ।
मामलिङ, आँखीभुइ र तामाफोक गाविसका लागि प्रस्तावित केन्द्र धर्मदेवी नगरपालिकाको केन्द्रको विषयमा विवाद भएपछि प्रहरी र स्थानीयबीच बुधबार दिउँसो मामलिङमा भडप भएको छ ।
केन्द्रको विषयलाई लिएर आन्दोलनमा उत्रिएका उनीहरुले केन्द्र मालिङको याख्याचोकमा राख्न माग गर्दै गरेका थिए । आन्दोलनमा उत्रिएका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि तनाब भएको थियो ।
स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ९ राउन्ड हवाई फायरिङ गरेको छ भने प्रहरीले ४ राउन्ड अश्रुग्याससमेत प्रहार गरेको छ । आन्दोलनकारीको ढुंगाले लागेर प्रहरी जवान लक्षण बस्नेत घाइते भएका छन् ।
त्यस्तै, प्रहरीको लाठीचार्जकाट नारायण लिंखा, सीताराम भण्डारी, यदुनाथ नेपाल, सुभाष पौडेल, किरण राईलगायत १५ जना घाइते भएको स्थानीयबासिन्दाले बताएका छन् ।
केन्द्रको विषयमा जिल्ला विकास समितिमा मामलिङ, आँखीभुइका स्थानीयले विरोध गर्दै आएका थिए । इमेजखबरमा समाचार छ ।