प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट पक्षहरुले भने जसरी शतप्रतिशत संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
बुधबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय शान्ति सम्मेलन मा बोल्दै उनले मधेसी मोर्चालगायतका दलहरुका सबै माग सम्बोधन हुन नसक्ने स्पस्ट पार्दै संशोधनमार्फत् अधिकतम् माग सम्बोधन गर्ने बताए ।
संशोधनका लागि दलीय सम्झौता आवश्यक भएको भन्दै उनले सम्झौता गर्दा जति सकिन्छ त्यत्ति नै माग सम्बोधन हुन्छ भने ।
नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरण भएको भन्दै माओवादीले उठाएका राजनीतिक मुद्दामा अरु दलहरु समाहित भएको दाबीसमेत प्रधानमन्त्री दाहालले गरे ।
सो अवसरमा उपप्रधान तथा गृहमन्त्री विमलेध निधिले बृहत् शान्ति सम्झौता निष्कर्षमा पुर्याउन पनि संविधान संशोधन आवश्यक रहेको बताए ।
सम्मेलनमा भारतस्य बुद्धिजीवी एसडी मुनि, पूर्वभारतीय राजदूत श्याम शरण, अमेरिकी राजदूत, युरोपियन युनियनका दूतहरु, मानवअधिकारकर्मी र सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । इमेजखबरमा समाचार छ ।