कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र पशुपति शमशेर राणाको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज पार्टी एकीकरण भएको छ।
एकीकरणपछि अब पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहनेछ। संसदमा चौथो र सातौं शक्तिको रुपमा रहेका पार्टीहरु चौथो शक्तिका रुपमा रहनेछन्। अब संसदीय दलको नेता कमल थापा हुनेछन्।
पार्टी एकीकरण कार्यक्रममा दुवै पार्टीका अध्यक्षले एकीकरण घोषणापत्रमा हस्ताक्षर गरे । कान्तिपुरमा समाचार छ ।