प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानप्रति असन्तुष्टि राख्ने दल र प्रतिपक्षी दल दुबैलाई साथमा लिएर तीनै तहको निर्वाचन सम्पन्न गर्ने दाबी गरेका छन् ।
कन्चनजंघा हिरक महोत्सवको मंगलबार ताप्लेजुङमा उद्घाटन गर्दै उनले अहिलेको चुनौती भनेको संविधान कार्यान्वयन हो- भने ।
यसैबीच, सोही कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुगेका एमाले सचिव योगेश भट्टराईले सन्चारकर्मीसँग कुरा गर्दै तराई, पहाड र हिमाल छुट्याउने किसिमको संविधान संशोधन एमालेलाई अमान्य रहेको बताए ।
महोत्सव तीन दिनसम्म सन्चालन हुनेछ । इमेजखबरमा समाचार छ ।