अखिल (छैठौं)राप्ती-लुम्बिनीको क्षेत्रीय भेला नयाँ नेतृत्व चयन गर्दै दाङको भालुवाङ्गमा सम्पन्न

गोपाल प्रसाद भट्टराई
मंसिर ७,अर्घाखाँची । अखिल (छैठौं)राप्ती(लुम्बिनीको क्षेत्रीय भेला आज नयाँ नेतृत्व चयन गर्दै दाङको भालुवाङ्गमा सम्पन्न भएको छ ।
अखिल (छैठौं)का केन्द्रिय उपाध्यक्ष देबेन्द्र कुवरले उदघाटन गर्नुभएको भेलामा मन्तव्य राख्ने बक्ताहरुले युवाहरूलाई सत्ताको भर्र्याङ् बनाउने राजनीति हावी हुँदै गएकोले यसको अन्त्य गर्नुपर्नेम जोड दिएका छन् ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका सचिब गणेश आचार्य ,अखिल नेपाल किसान संघ का केन्द्रिय सदस्य प्रेम आचार्य,अखिल नेपाल युवक संघ दाङका प्रतिनिधि सन्तोष कुमार योगि लगायतले मन्तव्य राख्दै यतिबेला राष्ट्रियता इतिहासकै कठिन मोडमा उभिएको बताउदै राष्ट्रियताको रक्षाको निम्ति सबै नेपाली एक हुनुपर्नेमा जोड दिनुभएको छ ।
भेलाले गोपाल प्रसाद भट्टराई अर्घाखाँची को सम्योजकत्वमा १३ सदस्यीय अखिल (छैठौं)राप्ती(लुम्बिनी क्षेत्रीय समितिको गठन गरेको छ ।
समितिको सचीव सुरेश आचार्य रुपन्देही र कोषाध्यक्ष राम प्रसाद पौडेल कपिलवस्तु निर्बिरोध निर्बा्चित हुनुभएको छ ।
यस्तै नव गठित समितिको सदस्यहरुमा गणेश थापा रुपन्देही,सुमन भण्डारी प्युठान,पुरन पोख्रेल पाल्पा, हरि सर्तुङ्गे गुल्मी, राजेन्द्र चौधरी , बसन्त आचार्य दाङ, सगर सुवेदी नवलपरासी,रमेश पुन रोल्पा र सन्तोष शाही रुकुम लाई चयन गरेको छ ।
कार्यक्रम गोपाल प्रसाद भट्टराईको अध्यक्षता,बसन्त आचार्यको स्वागत मन्तव्य र सुरेश आचार्यको सन्चालनमा सम्पन्न भएको थियोे ।