माओवादी केन्द्रले संविधान संशोधनमा सहमति जुटाउन अन्य दलसँगको छलफललाई तीव्रता दिने

नेकपा माओवादी केन्द्रले संविधान संशोधनमा सहमति जुटाउन अन्य दलसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको कार्यालयको बैठकले संविधान संशोधनमा अन्य दलको सहमति जुटाउन परामर्शलाई तीव्रता दिने निर्णय गरेको हो ।
बैठकले नेपाली कांग्रेस, मधेशी मोर्चा र सत्ता गठबन्धनका अन्य दलसँग थप छलफल गरी संविधान संशोधनमा सहमति जुटाउने निर्णय गरेको हो । संविधान संशोधनको विषयलाई माओवादी केन्द्रभित्र पनि असन्तुष्टि छ ।
बैठकमा पार्टीभित्रका असन्तुष्टिमाथि समेत छलफल भएको बताइएको छ ।
त्यस क्रममा प्रधानमन्त्री दाहालले त्यस्ता असन्तुष्टिलाई समेत सम्बोधन गराउने आश्वासन दिएका छन् ।
बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधनका विषयमा अहिलेसम्म अन्य दलसँग भएको छलफलका बारेमा जानकारी गराएको माओवादीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
बैठकमा पार्टीको आगामी कार्ययोजना, रिक्त पोलिटब्युरो र सचिवालयलाई पूर्णता दिने विषयमा पनि छलफल भएको थियो । इमेजखबरमा समाचार छ ।