महिला मानव अधिकार रक्षक दिवस सम्पन्न

           
रशना ढकाल 
काठमाडौँ (अर्घाखाँचीडट्कम) संरचनागत असमानताको संबोधन तथा महिला मानव अधिकार रक्षकहरुको पहिचान र सम्मान विषयक राष्ट्रिय अन्तरक्रिया कार्यक्रम मंगलवार  समपन्न  भएको छ  ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोग की सदस्य एंव प्रवत्ता मोहना अन्सारीले महिला मानव अधिकार रक्षक हरु माथि हुने  हिंसा पनि राज्य र  यसका संरचनाले सही सम्बोधन गर्न नसकेको कारण निरन्तर रुपमा घटनाहरु भैरहेको वताउनु भयो , महिला हिंसा न्युनीकरणको लागि निरन्तर पैरव गर्ने महिला मानव अधिकार रक्षकहरु माथि पृत्तसत्तात्मक सामाजिक संरचना अझै हावी रहेको बताउनु भयो ।  त्यस्तै महिला वालवालिका सेवा निर्देशनालय की प्रहरी उपरिक्षक दुर्गा सिंहले केहि अपवाद घटना बाहेक अरुमा धेरै सक्रिय रुपमा अनुशन्धान गरेको र घटनाको वास्तविकतामाथि न्यायको पहल गरेको बताउनु भयो , कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिलका अध्यक्ष बोर्न बाहादुर कार्कीले महिला मानव अधिकार रक्षकहरु र देशका प्रमुख निकायमा रहेका महिलाहरुले गरेको उल्लेखनिय कार्यहरुको उजागर अहिले सम्म पनि नेपाली सञ्चार माध्यमले गरेको छैन ।

साथै नेपाली सञ्चार जगत  महिला मुखि नभएको बताउनु भयो । कार्यक्रमको अध्यक्षता गरिरहनु भएकी महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकि अध्यक्ष  सृजना पुनले महिला अधिकारको सवालमा राज्यले ध्यान पुराउनु पर्ने र एकदिन मात्र होइन यो निरन्तर पैरवीको खाचो रहेको बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा धादिग , कञ्चनपुर र बाके मा भएको महिला मानव अधिकार रक्षकहरुमाथि भएको घटनाको प्रस्तुति गरिएको थियो , भने महिला मानव अधिकार रक्षकहरुले  संरचनाको असमानताको कारण सामना गर्नु परेका चुनौतिहरुको प्रकास पारिएको थियो ।

यसै गरि १२ औ अन्र्तराष्ट्रिय महिला मानव अधिकार रक्षक दिवसको अवसरमा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जलको  आयोजनामा मंगलवार महिला अधिकारको सवालमा कार्य गर्ने संघ संस्थाहरुले संयुक्तरुपमा वृहत रयाली गरि सरकारलाई विभिन्न बाहनामा महिला माथि हुने हिंसा अनत्य र विभेदकारी कानून शंशोधन सहितको दवाव दिएका थिए । नेपालमा औपचारिक रुपमा सन २००४ देखि नोभेम्बर २९ का दिन  यो दिवस मनाउने गरिएको छ ।